काठमाडौं, ९ साउन : जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष निर्वाचन अयोग जाने सम्वन्धमा सर्वोच्चको अदालतको निर्णय अनुसार अघि बढ्ने भएको छ।
आजको ठाकुर पक्षीय कार्यकारिणी सदस्यको बैठकमा आइतबारसम्म अदालतको आदेश पर्खने कुरा भएको हो ।
अदालतको निर्णयअनुसार अघि बढ्दै बताउँदै कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले भने, ‘भोलि सम्म पर्खेर मुद्दामा हेरौँ अदालतले के निर्णय गर्छ । सोही अनुसार अघि बढ्ने कुरा भएको हो ।’