धादिङ , १० साउन : धादिङ गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचाेककी २० वर्षीया युवती सम्झना राेकाकाे श व आइतबार भे टिएको छ ।

साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाकाे श व घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्गलमा भेटिएको जिल्ला प्र हरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।
घरबाट हराएपछि इलाका प्र हरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीकाे श व सडेको अवस्थामा भेटिएको हाे ।
घ टनाकाे बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्र हरीसँग आग्रह गरेका छन् । श व पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ग जुरी लगिएको छ ।