प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जाका लोक विक्रम मल्ल नियुक्त

admin

अमित भट्ट / काठमाडौं, ११ साउन : नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता विकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्लाका लोक विक्रम मल्ल नियुक्त भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण विभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाई समन्वय गरी गतिशील बनाउन महत्वपूर्ण योगदान रहने विश्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ । युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन् ।

को हुन् लोक विक्रम मल्ल ?
सानैदेखि नेपाली कांग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन् । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन् । फिल्मी क्षेत्रमा विगत नौ वर्ष देखि काम गरिरहेका उनी कलाकार र फिल्म वितरकको काम गर्दछन् । समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निःशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई नि:शुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए ।

उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो । एबी इन्टरनेशनल (फिल्म बनाउने संस्था)को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफु सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असिम युथ कल्बले केही महिना अघि मात्र उच्च राषी बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो ।

उनले नेपाली जन सम्पर्क समिति बहराइनको सह-महामन्त्रि, नेपाली कल्बको खेलकुद सचिव र आघिखोला स्याङजाको सचिव भएर काम गरेका थिए । यी र यस्ता कयौ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन् लोक । तरुण विभागको युवा उधमशीलता विकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफूले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन् ।

प्रतिक्रिया