आज सुनको मूल्य घट्दा चाँदी स्थिर, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ साउन : मंगलबार सुनको मूल्य घटेको छ । सुन सोमबार तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य समेत तीन सय रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । यस्तै, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा मंगलबार पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया