सांसद आशाकुमारी बिकद्वारा अनलाइन गेम बन्द गर्न आग्रह

admin

काठमाडौं, १२ साउन : एमाले सांसद आशाकुमारी बिकले पब्जी, फ्रिफाईर जस्ता अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल यसलाई बन्द गर्न सरकारसँग आग्रह गरेकी छिन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् । सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले बताइन् । यस्तै प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको भनाइ छ ।

उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो । तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन् । उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन् । पछि गएर मानसिक रोगी बन्न सक्छन् । त्यसैले अनलाइन गेम बन्द गरियोस् ।’

प्रतिक्रिया