नौ दिनको शिशुसहित तीन जनाको श’व फेला

admin

सर्लाही, १३ साउन : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीमा नौ दिनको शिशुसहित तीन जनाको श’व फेला परेको छ । पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको श’व फेला परेको वडाध्यक्ष श्याम शाहले जानकारी दिएका हुन् ।

स्थानीय सञ्जीव कापडकी २६ वर्षकी श्रीमती रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको श’व सूर्यवंश चौधरीको निजी पोखरीमा फेला परेको वडाध्यक्ष साहले बताए । गएराति घरबाट निस्केकी रिकेवादेवीको श’व बिहान पोखरीमा देखेपछि घटना सार्वजनिक भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

श्रीमती र बच्चा खोज्न निस्केका सञ्जीव अहिलेसम्म सम्पर्कमा नआएको पनि उनले बताए । तीनै जनाको श’व परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको र ह’त्या वा आ’त्म’ह’त्याबारे अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन् ।

प्रतिक्रिया