काठमाडौं, १४ साउन : थाइल्याण्डमा एक दुर्लभ घ टना घटेको छ । थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा बाँदरका दुई गुटबीच भीडन्त भएको छ । बाँदरबीच १ घण्टासम्म लडाई चलेको थियो ।
लोपबुरीको फ्रा कान मन्दिरको छेउको सडकमा बाँदरहरुबीच लडाँई चलेपछि हेर्ने मानिसहरुको घुइचो रहेको थियो । बाँदरका दुई गुटबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए ।
दुई गुटका बाँदरबीच लडाई चल्दा सडकमा गाडीको जाम भएको थियो । बाँदरहरु चर्को गरी कराइ रहेका थिए । १ सय भन्दा बढीको संख्यामा रहेका बाँदरहरुबीच भीडन्त हुँदा त्यहाँ रहेका मानिसहरु पनि डराएका थिए । मानिसहरु डराएर कारभित्र नै बसेका थिए ।