दुवै डोज खोप लगाएका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रु अब क्वरेण्टीनमा बस्न नपर्ने

admin

काठमाडौं, १४ साउन : बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोनाविरुद्ध दुवै डोज खोप लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले अब क्वरेण्टीनमा बस्न पर्दैन ।

युरोपियन देशबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ईयू डिजिटल कोभिड प्रमाणपत्र र अमेरिकाबाट आउनेहरुले सीडीसी कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।

भारतलाई भने बेलायतले रेड जोनमा राखेको छ । भारतबाट बेलायत जानेहरुका लागि कस्तो नियम बनाउने भन्नेबारे केही दिनपछि निर्णय गर्ने बेलायतले जनाएको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गइरहेको छ । संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्ध हटाउँदै लगेको छ ।

प्रतिक्रिया