आज शेयर बजार १५ अङ्कले घट्यो

admin

काठमाडौं, १४ साउन : बिहीबार शेयर बजार परिसूचक नेप्से घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो । बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार अङ्कले, जलविद्युतको २८ अङ्कले, फाइनान्सको ५४ र माइक्रोफाइनान्स समूहको शेयर पाँच अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर ८६ अङ्कले, निर्जीवनका ६९, उत्पादनको ५३, अन्यको १३ र लगानी समूहको शेयर झण्डै साढे एक अङ्कले घटेको छ । दुई सय १७ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर १० अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै गुडविल फाइनान्सको ३३ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । गुडविल फाइनान्सको शेयर सात प्रतिशत र माउन्टेन हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि रिडी हाइड्रोको झण्डै १० र जीवन विकास लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया