सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, थप १६ जनाको ज्यान गयो

admin

काठमाडौं, १४ साउन : बिहीबार तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार पाँच सय ५५ जनाको पीसीआर र चार हजार ६ सय ८७ जनाको एन्टिजेन गरी १४ हजार दुई सय ४२ जनाको नमुना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा संक्रमण देखिएको हो ।

यो कुल परीक्षणको २३ दशमलव ६२ प्रतिशत हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ५० हजार २२ पुगेको छ । यस्तै थप एक हजार तीन सय ७३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ ।

यही अवधिमा थप १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय सात पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या फेरि ३० हजार नाघेको छ । संक्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय संक्रमितको संख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।

प्रतिक्रिया