आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा बनाउने निर्णय हुने

admin

काठमाडौं, १५ साउन : कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दैछ । सिंहदरबारमा दिउँसो ४ बजे बस्ने बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बुझिएको छ ।

निषेधाज्ञा भए पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि रोकथाम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् । स्वास्थ्य विज्ञले स्वास्थ्यका मापदण्ड पालना नगरे कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया