माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाउने तयारी

admin

काठमाडौं, १८ साउन : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने एक नेताले बताए।

पार्टीमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल वा कृष्णबहादुर महरामध्ये एकको नेतृत्वमा सरकारमा पठाउने विषयमा छलफल भएको उनले बताए। यद्यपि अन्तिम टुंगो भने आजको बैठकले लगाउने उनको भनाइ छ।

यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो। बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले पार्टीले सरकारमा सहभागी हुनेको नाम लगभग टुंगो लगाइसकेको बताएका थिए।

प्रतिक्रिया