स्वास्थ्य राज्यमन्त्रीद्वारा सुरक्षाकर्मी बाहेक अन्य सरकारी सुविधा नलिने घोषणा

admin

काठमाडौं, १८ साउन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सोमबार आफ्ना एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक गाडी, तलब भत्ता र आवासको सुविधा नलिने घोषणा गरेका हुन् ।

साथै उनले राज्यमन्त्रीमा रहँदासम्म आफ्ना कुनै पनि व्यापारिक संस्थाको पदमा नरहने घोषणा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गएको साउन १० गते उनलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले आफू संलग्न सम्पूर्ण व्यवसायमा आवद्ध नहुने पनि बताएका छन् । श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन् भने उनको अरू क्षेत्रमा पनि लगानी रहेको छ ।

प्रतिक्रिया