ओखर खेलिरहेका २१ जना जुवाडे नगदसहित पक्राउ

admin

काठमाडौं, १९ साउन : काठमाडौं महानगरपालिका–१५ विजेश्वरीबाट प्र हरीले ओखर खेलिरहेको अवस्थामा नगदसहित २१ जुवाडेलाई प क्राउ गरेको जनाएको छ ।

अवैध रूपमा पैसाको हारजीत हुने गरी ओखर खेलिरहेको भन्ने गोप्य सूचना महानगरीय प्र हरी परिसर काठमाडौंमा प्राप्त हुनासाथ विशेष टोली परिचालन भएर जुवाडेलाई प क्राउ गरिएको हो ।

विजेश्वरीस्थित प्रकाश शाहीले आफ्नो घरको चौथो तलाको कोठामा ओखर हान्ने स्थान बनाएर २१ जना भेला भएर ओखर हानिरहेको अवस्थामा फेला पारिएको महानगरीय प्र हरी परिसर काठमाडौंले जनाएको छ ।

प क्राउ परेका व्यक्तिलाई ओखर र नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाही गर्न वृत्त स्वयम्भुमा बुझाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया