नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

admin

काठमाडौं, २० साउन : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको (आज) बुधबार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनको निजी सचिवालयले जनाएको छ ।

एफोलो अस्पतालमा डा. अखिल मिश्रको निगरानी तथा नेतृत्वमा उपचाररत खनालको बुधबार डा. सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो । अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्ने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि गएको असार २ गते भारतको दिल्ली प्रस्थान गरेका थिए । त्यसअघि नेता खनालको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया