भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै रिट दर्ता

admin

काठमाडौं, २२ साउन : सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले शुक्रबार दिउँसो सर्वोच्चमा रिट दर्ता गराएका हुन् । सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा खारेज गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ ।

यस्तै सरकारको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लङ्घन भएको भन्दै निर्णय बदर गर्न माग गरिएको छ । यो रिटको पेसी साउन २५ गते सोमबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ । गएको साउन १९ गते मंगलबार मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया