थप तीन हजार सात सय २९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

admin

काठमाडौं, २२ साउन : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । बितेको २४ घण्टामा २५ जनाको ज्यान गएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा तीन हजार सात सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ९३ जनाको पीसीआर र ६ हजार एक सय ८२ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा तीन हजार सात सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कुल परीक्षणको झण्डै २४ प्रतिशतमा संक्रमण देखिएको छ । शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ७७ हजार पाँच सय ८९ पुगेको छ । यस्तै थप एक हजार आठ सय ८५ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार पाँच सय ४८ जना पुगेको छ ।अहिले नेपालमा ३४ हजार नौ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया