आज देशभर वर्षाको सम्भावना‚ यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

admin

काठमाडौं,२३ साउन : मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।

शनिबार बिहान देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ।दिउँसो पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै‚ राति देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका अधिकांश मौसब बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १को एक वा दुई स्थानमा भने मेघ गर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। राति देशका अधिकांश स्थानमा मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया