साथीको हत्या गरेको आरोपमा नाबालक पक्राउ

admin

काठमाडौं, २३ साउन : रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको ह त्या आरोपमा प क्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृ त्यु भएको दुई वर्षपछि ह त्या आरोपमा सोही वडाका एक नाबालकलाई प्र हरीले प क्राउ अहिले गरेको छ ।

२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । श व भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्र हरीमा निवेदन दिएका थिए । प्र हरीले घ टनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जनालाई सोधपुछ गरेको गरेको थियो ।

मृ तक बालकका आफन्तले शङ्काको घेरामा परेका राख्दै अहिले प क्राउ परेको नाबालकको नाममा प्र हरीमा किटानी जाहेरी दिएका थिए । जिल्ला प्र हरी कार्यालयका प्रमुख प्र हरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले प क्राउ परेका बालकको ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए । उनलाई अहिले जिल्ला प्र हरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको छ ।

प्रतिक्रिया