आज १५ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २४ साउन : आइतबार सुनको भाउ १५ सय रुपैयाँले घटेको छ । (अस्ति) शुक्रबार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार १५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो । महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ । यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी आइतबार तोलाको १२ सय ४० रुपैयाँ छ । शुक्रबार चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो । महासङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा मूल्य पनि घट्न पुगेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया