आज सामान्य बढ्यो शेयर बजार

admin

काठमाडौं, २४ साउन : आइतबार शेयर बजार सामान्य बढेको छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर तीन हजार एक सय आठ दशमलव १२ विन्दुमा पुगेको छ । विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको छ । होटल, व्यापार, बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ । आइतबार कर्पोरेट विकास बैंक, अपी पावर कम्पनी, युनिभर्सल पावर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा धेरैजसो लघुवित्त कम्पनी रहेका छन् । दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया