काठमाडौं, २५ साउन: राजधानीको मध्यबानेश्वरबाट ६ जना जुवाडे प क्राउ परेका छन् । महानगरीय प्र हरी वृत्त नयाँबानेश्वरबाट खटिएको विशेष सूचनाका आधारमा मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा जुवातास खेलिरहेका ६ जना ४ लाख ४८ हजार ५ सय नगदसहित प क्राउ परेका छन् ।
वृत्तका प्र हरी नायब उपरीक्षक मिमबहादुर लामाले उक्त घरको ग्राउन्ड फ्लोरमा जुवातास खेलिरहेका ६ जनालाई नगद र ताससहित प क्राउ गरी अनुसन्धानको लागि अगाडि बढाइएको जनाएका छन् ।