काठमाडौं, २८ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विहीवार मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन । उनले आज सात मन्त्रीलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्नु भएको छ ।
मुख्यमन्त्री केसी र अन्य मन्त्रीहरुले विहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।उनीहरुलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन । विहीवार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् ।सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएपनि राजीनामा दिएर बाहिरिएका थिए ।