प्रहरी हुँ भनी कुटपिट गरी पैसा असुल्ने दुई जना पक्राउ

admin

झापा, २९ साउन : सादा पोसाकमा खटिएर प्र हरी हुँ भन्दै रकम असुली र कु टपिट आरोपमा दुई जना प क्राउ परेका छन्। आफूहरूलाई प्र हरी बताउने कनकाई नगरपालिका-७ निवासी ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका-३ स्थित पश्चिम धर्मकाँटा निवासी ३२ वर्षीय टीका खत्री प क्राउ परेका प्र हरी कार्यालय झापाका डिएसपी राकेश थापाले जनाकारी दिए।

प क्राउ परेका दुवै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्र हरी कार्यालय अनारमनिमा राखिएको छ। प्र हरीका अनुसार साउन ११ गते दिउँसो बिर्तामोड नगरपालिका-५ जात्रुबारी निवासी नयनसरी राजवंशीको घरमा ‘हामी सादा पोसाकमा खटिएका प्र हरी हाैं’ भन्दै उप्रेती र खत्री पुगेका थिए।

त्यसपछि उनीहरूले नयनसरीलाई ‘तपाईंको छोरा लागु औषध खरिद-बिक्री गर्ने काम गर्छ, हामी त्यसलाई प क्राउ गर्न आएको’ बताएका थिए। ‘छोरालाई बचाउन चाहनुहुन्छ भने २० हजार दिनुपर्छ, नत्र मुद्दा चलाउँछु’ भनेका र नयनसरीले उप्रेती र खत्रीलाई ११ सय रुपैयाँ दिएर पठाएका थिए।

हामी पछि फेरि आउँछौ भन्दै उनीहरू साउन १४ गते राति साढे ९ बजे पुनः नयनसरीको घरमा पुगेका थिए। उनीहरूले नयनसरीका छोरा २५ वर्षीय विशाललाई घरबाहिर बोलाएर ‘हामी एउटा मिसनमा आएको, किन होहल्ला गरेको’ भन्दै बेल्ट खोली विशाललगायत अन्य छिमेकीमाथि निर्घात कु टपि ट गरी भागेका थिए।

प्र हरी हुँ भन्दै घरमै गएर रकम माग्ने र कुटपिट गरेपछि नयनसरीले साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनिमा घटनाको विषयमा लिखित उजुरी दिएका थिए। प्र हरीमा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा उप्रेती र खत्रीलाई प्रहरीले साउन २८ गते प क्राउ गरेको डिएसपी थापाले बताए। ‘प क्राउ परेका दुवै जना प्र हरी होइनन्,’ उनले भने, ‘प्र हरीको नाम बेचेर अपराध गर्नेलाई कारबाही हुन्छ।’

प्रतिक्रिया