एम्बुलेन्स दुर्घटना : एकको मृत्यु‚ एक घाइते

admin

रोल्पा, ३० साउन  : एम्बुलेन्स दु र्घटना हुँदा रोल्पामा एकको मृ त्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृ त्यु भएको जिल्ला प्र हरी कार्यालय रोल्पाका प्र हरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

माडी–२ मा शनिबार बिहान ३ः५० बजेतिर दु र्घटना भएको प्रह री नायब उपरीक्षक सुवेदीले जानकारी दिए।

भैरहवाबाट कोर्चाबाङ श व पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घ टना भएको हो। दु र्घटनामा एकजना घा इते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया