थप २ हजार ६२४ मा कोरोना संक्रमण, २० को मृत्यु

admin

काठमाडौं, ३० साउन : पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ६६७ जनाको पिसिआर र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन्।

प्रतिक्रिया