काठमाडौं, ३० साउन : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड-१९ संक्रमणबाट ७१ वर्षको उमेरमा शनिबार ओम अस्पतालमा निधन भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा गरेका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न थिए।
नेपालमा हिउँदे धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती छन्।