चितवन, ३२ साउन : पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृ त्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।
आ त्मह त्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी लिएर आरोपी सुकदेव भण्डारीलाई छाड्न आदेश दिएको थियो। आरोपीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए।
‘आरोपीले ५० हजार धरौटी बुझाउन नसकेपछि धरौटी नबुझाउँदासम्मको लागि कारागार थुनामा पठाइएको हो’, उनले भने, ‘धरौटी बुझाउनै नसके मुद्दाको फैसला नहुँदासम्म पनि थुनामा रहन सक्छन्।’ न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि आरोपी सुकदेव भण्डारीसँग ५० हजार धरौटी माग गरेको हो। मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेवविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आ त्मह त्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो।
आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्र हरीमा साउन ६ गते किटानी जाहेरी दिएकी थिइन्। त्यसको भोलिपल्टै प्र हरीले सुकदेवलाई काठमाडौंबाट प क्राउ गरेको थियो । असार ११ गते घरबाट निस्किएकी सुजिताको शव असार २० गते नजिकैको जंगलमा फेला परेको थियो।
मृ तक सुजिता र आरोपी सुकदेवबीच प्रेम सम्बन्ध रहेको र मनमुटाव हुँदा सुजिताले आ त्मह त्या गरेको भन्दै प्रहरीले आ त्मह त्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। मृ तक सुजिताको पोष्टमार्टम रिपोर्ट आइसके पनि भिसेरा परीक्षणको रिपोट आइनसकेको प्र हरीले जनाएको छ।