आसुरी युगको अन्त्य भइ सनातन युग शुरू हुने सङ्केत

admin
  • संयोजक हेम विक्रम सिलवाल
    स्वतन्त्र नागरिक समाज

हामीले २००७ सालमा प्रजातन्त्ररूपी शासन व्यवस्था ल्याउनलाई राजादेखि रङ्कसम्म लालायित भयौँ । देशको सनातनी संस्कृतिलाई अन्त्य गर्दै २०२८ सालमा तथाकथित नयाँ शिक्षा ल्यायौँ । सन्तानलाई बुद्धिमान होई‌न बुद्धुमान बनायौँ। प्रजातन्त्र देखि संघीय लोकतन्त्र र गणतन्त्र सम्म बनायौँ । हुँदा खाँदाको सग्लो मुलुकलाई मःम चा. बनाउने बुढी भैंसी जस्तो टुक्रा टुक्रा बनायौँ । आर्थिक अवस्था नहेरी ८८४ को भेडीचोक पनि बनायौँ । यो हुनु आसुरी शक्तिको परिणाम हो । नेपाली समाज सजक र सचेत हुने की नहुने ?

पृथ्वी कै सबैभन्दा पुरानो देश नेपाल परापूर्वकालदेखि वैदिक सनातन रूपमा चलिआएको अखण्ड, अविभाज्य सार्वभौमसत्ता मुलुक बाह्य शक्तिको चरम हस्तक्षेप हुनु नै दुर्भाग्य हो । यति हुँदा पनि सनातनी समाज मुकदर्शक बनिरहनु आफैँमा आश्चर्यजनक घटना हो । एसिया मै अफगानिस्तानका तालिवानहरुले राष्ट्रियता प्रदर्शन गर्नु र नेपाल आफैँ ९४ प्रतिशत ॐकार परिवार भएरपनि मुकदर्शक भएर रहनु आफैँमा आठौं आश्चर्य हो ।

विश्वमा चारैतिर वीर गोरखालीको नामले प्रसिद्धी कमाएर पनि आफ्नै मुलुकका निमित्त चैँ गोलखाडी भएर रहनु कति हास्यास्पद हो, कल्ले बुझ्यो र ? नेपालमा त पजेरो र पिज्जाको रस जर्मनशेफर्डले पनि लिएको छ, तर जनता चैँ पाउरोटी पनि खान नपाउने अवस्थामा पुगे । प्रजातन्त्र ७१ वर्षसम्म शिशु नै रह्यो । ७६ वर्षको सुशील कोइराला युवा प्रधानमन्त्री भएर बिते । के प्रजातन्त्र शब्दजाल मात्रै हो त ? नेपाली समाज रूपान्तरण तथा सच्चा नागरिक बन्ने बेला आयो ।

अब यो वा त्यो बहाना होइन, स्वतन्त्र नागरिक समाजले यही कात्तिक २९ गतेदेखि देशमा वैदिक सन्तान हिन्दू अधिराज्य, शाहवंशीय राजतन्त्रको पुनर्स्थापना गरौँ भन्ने उदेश्यले गरिने अनिश्चितकालीन राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुन सच्चा नागरिकहरू सबै, साथै बुद्धि भएका बुद्धिजीवीहरू, राज्यलाई शब्ददान गर्न सक्षम पत्राकारहरू, साहित्यकारहरूलाई हार्दिक अपिल गर्दछौँ । आसुरी शक्तिको अन्त्य गरौँ, वैदिक सनातन हिन्दू अधिराज्य कायम गरौँ । जय गुरु गोरख ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू