Home

पूर्पक्ष थुनामा रहेका काभ्रेका लामा अदालत परिसरबाटै फरार

admin

काभ्रे : जिल्ला अदालत काभ्रेको परिसरबाट एक थुनुवा फरार भएका छन् । चोरी÷डाँका मुद्दामा पक्राउ परी अदालतको आदेशपछि पूर्पक्ष थुनामा रहेका काभ्रेको खानीखोला गाउँपालिका–६ का सुनिल वाइवा लामा अदालत परिसरबाटै भागेका हुन् ।

२०७७ मंसिर ७ गते काभ्रेको पाँचखाल तामाघाटमा रहेको रञ्जन लामिछानेको पसलमा रहेका विभिन्न ब्राण्डका रक्सी चोरी गरेको आरोपमा उनी पक्राउ परेका थिए । २०७७ पुस १५ गते पूर्पक्षका लागि कारागार राखिएका लामाको हिजो र आज अदालतमा वकपत्र गरिएको थियो । आज (बुधबार) दिउँसो वत्रपत्रका लागि अदालत पु¥याइएका लामा अदालतको क्यान्टिनबाटै भागेका हुन् ।

लामासँगै अदालतको क्यान्टिनमा खाजा खान बसेका प्रहरीलाई झुक्याएर झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लामाको खोजी कार्य भईरहेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

फरार लामालाई पक्राउ गर्न जिल्लाका सबै प्रहरी चौकीलाई चनाखो हुन् निर्देशन दिइएको पनि एसपी खत्रीले बताए ।

 

प्रतिक्रिया