Home

संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश किन सहभागी हुन चाहेनन् ?

admin

काठमाडौं, ११ भाद्र : केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुने भएका छन् ।

रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुने भएका हुन् ।

प्रधानन्यायाधीश राणा अनुपस्थित हुने भएपछि उनको ठाउँमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्नेछ । गएको वर्षको मंसिर ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर विभिन्न सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबाहेक नै संवैधानिक निकायमा नियुक्ति गरेको थियो ।

तर, संविधानसँग बाझिने गरी सरकारले अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति खारेजीको माग गरेर सर्वोच्चमा रिट दर्ता गराएका थिए । यो रिट संवैधानिक इजलासमा सुनुवाइ गर्ने सर्वोच्च अदालतले निर्णय गरेको थियो ।

प्रतिक्रिया