एपिवान टिभीले हटायो एमसिसीको विज्ञापन

admin

काठमाडौं, १४ भाद्र : एपिवान टेलिभिजनले अब अमेरिकी सहयोग परियोजना (एमसिसी)को विज्ञापन प्रसारण नगर्ने भएको छ ।

एमसिसीसम्बन्धी विज्ञापनलाई लिएर धेरै दर्शक एवं शुभचिन्तकले देखाएको चासोप्रति हाम्रो ध्यानाकर्षण भएको भन्दै उक्त टेलिभिजनले प्रसारण हुँदै आएको उक्त परियोजनाको विज्ञापन बन्द गर्ने जनाएको छ ।

‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम–कानुनभित्र रहेर प्रसारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनुभएका कारण सार्वजनिक दायित्व पालना गरिआएको जिम्मेवार संस्थाकोरुपमा एपिवान व्यवस्थापनले उक्त विज्ञापन अबउप्रान्त प्रसारण नगर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निजी कम्पनीको रुपमा सञ्चालित संस्था भए पनि एपिवान टेलिभिजन व्यावसायिक प्रकृतिका दृष्टिले सधैँ सार्वजनिक सम्पत्ति भएको मान्यता रहेको जनाइएको छ ।

प्रतिक्रिया