काँग्रेसले सार्वजनिक गर्‍यो ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली

admin

काठमाडौं, १५ भाद्र : नेपाली काँग्रेसको निर्वाचन समितिले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । मंगलबार निर्वाचन समितिले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवका अनुसार क्रियाशील छानविन समिति तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित छ । काँग्रेसका यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।

काँग्रेसले अझै २१ जिल्लाको क्रियाशील विवाद समाधान गरिसकेको छैन । जसकारण क्रियाशील सदस्यको नामावली सार्वजनिक हुन सकेको छैन । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का अनुसार २१ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको छ ।

जसका लागि नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेको उनको भनाइ छ । वडा अधिवेशन भदौ १८ गतेबाट सुरु भएर केही दिन लम्बिने खड्काले संकेत गरे ।

प्रतिक्रिया