काठमाडौँ, १६ भाद्र : बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले बताए ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
‘एमालेमा अन्तरसंघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागें । त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा दर्ता भयो । मैले त्यसैमा सनाखत पनि गरें । अब मलाई नैतिकताले मन्त्री पदमा रहन दिएन,’ राजीनामा दिन लागेको कारणबारे खनालले भने ।