३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

admin

काठमाडौँ, १६ भाद्र : सरकारले ३३ प्रतिशत बढाएर सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आर्थिक वर्ष २०७८/७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया