एमसीसीलाई संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भयाे : भीम रावल

admin

काठमाडौं, १९ भाद्र : नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसीलाई संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भएकाे टिप्पणी गर्नुभएकाे छ ।

शनिबार काठमाण्डाैमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्याउन लागेको पनि उहाँले बताउनुभयो । उहाँले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया