नेपालमा कुनै नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ मन्त्रालय

admin

काठमाडौं, २३ भदौ : सरकारले अहिलेसम्म नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको जानकारी दिएको छ। बुधबार प्रेस ब्रिफिङमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएको हो।

प्रवक्ता पौडेलका अनुसार मन्त्रालयले असार २३ गतेदेखि भदौ चार गतेसम्मको विभिन्न ठाउँको उमेर समूहका ४८ जना कोरोना संक्रमितको नमुना संकलन गरी विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतकाे प्रयोगशालामा भदौ ७ गते पठाइएको थियो।

‘यी सबै नमुना परीक्षण गर्दा पुन: डेल्टा भेरियन्ट नै रहेको पत्ता लाग्यो,’उनले भने,‘त्यसैले हालसम्म अरू कुनै नयाँ भेरियन्ट फेला परेको छैन।’ यो भेरियन्ट बढी संक्रामक रहेको भन्दै उनले यसबाट बच्न सबै सर्वसाधारणले स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न सुझाए।

प्रतिक्रिया