युवा संघ र उन्नत लोकतन्त्र पार्टीका कार्यकर्ताबीच झडप, १५ जना घाइते

admin

काठमाडौं, २३ भदौ : नेकपा एमालेको युवा संगठन युवा संघ र उन्नत लोकतन्त्र पार्टी तथा स्वतन्त्र राष्ट्रिय अभियानका कार्यकर्ताबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा गरेको प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि युवा संघका कार्यकर्ताले उनीहरुमाथि बुधबार आक्रमण गरेका हुन् ।

एमालेले निष्कासनको कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा युवा संघले संसद भवनतर्फ कालो झण्डा र कालो बेलुन उडाएर प्रदर्शन गरेको थियो ।

आफ्नो माउ पार्टीका अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको सुनेपछि युवा संघका कार्यकर्ताले उन्नत लोकतन्त्र पार्टीका कार्यकर्तामाथि आक्रमण गरेका थिए ।

युवा संघका अध्यक्ष किरण पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको सुनेकाले युवा संघका केही कार्यकर्ताले उनीहरुलाई लखेटेको बताए । झडपका क्रममा १५ भन्दा धेरै घा इते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया