योगेश भट्टराईको रामकुमारी झाँक्रीलाई ठट्यौली: कोल्याप्स गर्दिउ जस्तो लाग्यो कि क्या हो ?

admin

काठमाडौं, २५ भदौ : योगेश भट्टराई, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री एमाले विभाजनपूर्व माधवकुमार नेपालको समूहमा थिए । एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे । उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए ।

एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए । यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ ।

प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे । प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् । योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’

त्यसपछि पत्रकारहरूले प्रश्न गर्‍यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ? योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्‍यो त्यसपछि दिमागमा सन्देश जानुपर्‍यो र हातसम्म सन्देश पुग्नुपर्‍यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’

प्रतिक्रिया