शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गरिने

admin

काठमाडौं, २५ भदौ : सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल निर्माण गर्ने तयारी गरेको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै उक्त जानकारी दिएका हुन्।

‘शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिनेछ’ प्रतिस्थापन विधेयकमा उल्लेख छ।

निजामती कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको छुट्टै अस्पताल छ। सरकारले शिक्षकका लागि यस्तै खालको अस्पताल बनाउन तयारी गरेको हो।

प्रतिक्रिया