एमसीसीकी उपाध्यक्ष फातिमा बसेको मेरियट होटलमै पुग्यो स्वागत नेपालको टोली

admin

स्वतन्त्र राष्ट्रिय अभियान तथा उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सहितक टोली एमसिसि उपाध्यक्ष फतिमा सुमारलाई भेट्न होटेल मेरियटमै पुगेका छन् ।

स्वागत नेपालसहित अभियानका इन्द्र कालिकोटे, कृष्ण प्रसाईं लगायत अन्य ब्यक्ति बिज्ञप्ति बुझाउन उक्त होटेलमा आफैं पैसा तिरी कोठा बुक गरेर भित्र छिरेको अर्थ बिभाग प्रमुख बोधराज न्यौपानेले जानकारी दिए ।

हालसम्म सुमार नआइपुगेकोले उनको प्रतीक्षामा सम्पुर्ण टोली होटेलभित्रै रहेका छन् । अहिलेसम्म प्रहरी हस्तक्षेप नभएपनि बाहिर निस्कने बित्तिकै प्रहरीले समात्न साक्ने आशंका रहेको समेत उनले बताए । सकेसम्म आजै बिज्ञप्ति बुझाएर मात्र फर्किने उनिहरुको अडान छ ।

प्रतिक्रिया