अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा दाइको मृत्यु

admin

काठमाडौं, २६ भदौ : ओखलढुंगामा अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा एक वृद्धको मृ त्यु भएको छ । खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङकाे मृ त्युपछि प्र हरीले २ जनालाई शुक्रबार दिउँसो प क्राउ गरेको छ ।

प क्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृ तककै माइला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् । जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद भएको थियो ।

विवादका बीच शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्र हार गर्दा मित्रबहादुरको घटनास्थलमै मृ त्यु भएको ईलाका प्रह री कार्यालय खिजिफलाटेले जनाएको छ । शेरबहादुर र वीरबहादुरलाई खुकुरी तथा दाउ सहित प्रह रीले प क्राउ गरेको हो । घट नाको सम्बन्धमा प्रह रीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया