तारा होटेलमा सीआईबीकाे छापा, ९३ लाख नक्कली नोटसहित ५ पक्राउ

admin

काठमाडौं, २७ भदौ : बारा प्र हरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली नोटको कारोबार गर्ने ५ जनालाई प क्राउ गरेको छ ।

शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट उनीहरुलाई प क्राउ गरेको हो । प क्राउ परेकाहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।

काठमाडाैंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई प क्राउ गरेकाे थियाे भने थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर-२ बाट शनिबार दिउँसो ३ बजे प क्राउ गरेकाे थियाे ।

गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले स्राेतकाे भनाइ छ । तर, जिल्ला प्रहरी कार्यालय बाराले घटनाको बारेमा थप बताउन चाहेको छैन ।

प क्राउ परेका सबै नेपाली नागरिक भएको बुझिएको छ । तारा इनमा प क्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै समुह भएकाे बताइएको छ ।

प्रतिक्रिया