सांसदले अवरोध गरेपछि संसद् बैठक भदौ २९ सम्मका लागि स्थगित

admin

काठमाडौं, २७ भदौ : प्रतिनिधि सभाको बैठक भदौ ३९ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक आउँदो मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाएसँगै सभामुखले सदन सहज ढंगले सञ्चालन गर्न आग्रह समेत गरेका थिए । यसअघि बैठक अवरुद्ध भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ । एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गरेको बताएको छ । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।

प्रतिक्रिया