आज ७१ अङ्कले बढेपछि शेयर बजारमा हरियाली

admin

काठमाडौं, २७ भदौ : हप्ताको पहिलो दिन शेयर बजार बढेर हरियाली देखिएको छ । म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेपछि आइतबार नेप्से ७१ दशमलव ४३ अङ्कले उकालो लागेर दुई हजार नौ सय ४७ दशमलव ४२ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर २४ अङ्कले बढेको छ ।

यस्तै विकास बैंक समूहको शेयर दुई सय ७३ अङ्कले, व्यापारको ४२, जलविद्युतको दुई सय १३, फाइनान्सको एक सय १४ र माइक्रोफाइनान्स समूहको शेयर एक सय १३ अङ्कले बढेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर दुई सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २४ अङ्कले, उत्पादनको दुई सय ९९ र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।

यसैगरी आइतबार १० कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय ३१ कम्पनीका एक करोड १७ लाख कित्ता शेयर नौ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया