बागमतीमा मुख्यमन्त्री शाक्यको सरकार धरापमा, एकीकृत समाजवादीले गर्‍यो समर्थन नरहेको घोषणा

admin

हेटौँडा, २७ भदौ :  नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेशको संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन भएका छन्। आधिकारिकता पाएसँगै आइतबार बसेको बैठकले पाण्डेलाई दलको नेता चयन गरेको हो। दलको पहिलो बैठकमा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका १३ सांसदको उपस्थिति थियो।

बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पार्टीको समर्थन नभएको निर्णय पनि गरेको दलका नेता पाण्डेले जानकारी दिए। पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व आफूले नै गर्ने दाबी पनि गरेका छन्। केन्द्रीय स्तरमा शीर्ष नेताबीच प्रदेश १ र बागमतीको सरकारको नेतृत्व आफ्नो दललाई दिने समझदारी भएको दाबी उनले गरे।

‘पार्टीको निर्णय अुसार अगाडि बढ्ने कुरा भएको हुँदा बागमती प्रदेश सरकारको नेतृत्व हामीले नै गर्नेछौँ,’ उनले भने। बागमती प्रदेशमा अब दलको संख्या पनि आठ पुगेको छ। प्रदेश सभामा एमाले ४३ सांसदका साथ पहिलो, २३ सांसदका साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहितको नेकपा (एकीकृत समाजवादी) चौथो दल बनेका छन्।

३ सांसद भएको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौँ र सातौँ स्थानमा छन्। प्रदेश सभामा एक स्वतन्त्र सांसद छन्।

प्रतिक्रिया