अर्बपति विनोद चौधरी कांग्रेसको उपसभापतिमा उठ्ने

admin

काठमाडौं, २७ भदौ :  नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् । उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।

देशभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा जुटेका हुन् । तर, उनी कुनै गुटमा भने नलाग्ने भएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा लागेका छन् ।

चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् । पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । उनको नेतृत्वमा गरिखाने अभियानसमेत सञ्चालित छ ।

प्रतिक्रिया