एमसीसी अनुमाेदन हुनेमा अमेरिका विश्वस्त छ : फातिमा सुमार

admin

काठमाडौं, २७ भदौ : एमसीसी उपाध्यक्ष फातिमा सुमारले मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधि सभाबाट शीघ्र अनुमोदन हुनेमा विश्वास व्यक्त गर्दै त्यसबाट नेपाल र अमेरिकाबीचको ७० वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताउनुभएकाे छ ।

नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा बढीको छलफल र वार्तापछि पाँच वर्षअघि अमेरिकासँग गरेको एमसीसी कम्प्याक्टलाई कार्यान्वयन गर्न नेपालका राजनीतिक दलबीच मतैक्य रहनेमा पनि आफू ढुक्क रहेको उहाँले बताउनुभयाे ।

‘अमेरिका–नेपालबीचको सात दशकभन्दा पुरानो औपचारिक सम्बन्ध, त्यसयता भएका अनेकौँ द्विपक्षीय सहकार्यका परियोजनाले नेपाललाई समृद्धिको यात्रामा अग्रसर हुन टेवा पुगेको छ । एमसीसी अनुमोदन नभए पनि हाम्रो सुमधुर सम्बन्धमा कुनै असर पर्ने छैन’, नेपालको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि आज दिउँसाे पत्रकार सम्मेलन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारले भन्नुभयो, ‘विगतका विकास परियोजनाले नेपालसँगको हाम्रो सम्बन्धलाई पुनः परिभाषित गर्न सघाएका छन् ।’

प्रतिनिधि सभाबाट एमसीसी अनुमोदनमा ढिला भए पनि अब राजनीतिक दलबीच शीघ्र सहमति हुनेमा आफू आशावादी रहेको बताउँदै उहाँले विभिन्न तहमा चार दिनसम्म गरेका भेटवार्ताबाट आफू त्यो निष्कर्षमा पुगेको नेपाल भ्रमणको निचोड सुनाउनुभयो ।

प्रतिक्रिया