गायिका विष्णु माझीको माइतीघरमा किन पुग्यो प्रहरी ?

admin

काठमाडौं, २८ भदौ : चर्चित लोकदोहोरी गायिका विष्णु माझीको माइतीघर चापाकोटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

विष्णु माझीको बारेमा बुझ्न धेरैलाई चासो भएपछि स्याङ्जा प्रहरीले माइतीलाई बोलाएको थियो । प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णु माझीका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिए ।

२०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् । यसपटक तीज विशेष भन्दै विष्णु माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

प्रतिक्रिया