विभूषणमा विकृति, यो वर्ष पनि ५ सय बढीले पाउने

admin

काठमाडौं, २९ भदाै : विभूषण वितरणमा हुँदै आएको विकृतिले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । संविधान दिवसको अवसरमा घोषणा हुने राज्यकै ठूलो सम्मान विभूषण सरकारले तजबिजीकै आधारमा ठूलो संख्यामा वितरणको तयारी गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार विभूषण पाउने व्यक्ति छनोट अन्तिम चरणमा पुग्दा सूची पाँच सयबाट नाघेको छ । निश्चित मापदण्डभन्दा सत्तानिकट व्यक्तिको पहुँचकै आधारमा विभूषण वितरणको तयारी भइरहेको छ । यो समाचार आजकोनयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया